पछाडिको आवरणबाटः
परमेश्वरले मण्डली, छुटकारा गरिएका विश्वासीहरूलाई स्वर्गीय परिप्रेक्षबाट हेर्नुहुन्छ । उनलाई पाप र पापहरूको शक्तिद्वारा पराजित गरिएझैं देख्नुभन्दा धेरै टाढा, परमेश्वरले मण्डलीलाई ख्रीष्टको महिमामय समकक्षीझैं हेर्नुहुन्छ ।
महिमामय मण्डलीमा वाचमेन नीले बाइबलमा भएका मण्डलीका चार महत्वपूर्ण प्रतिनिधिहरूको बारेमा विचारविमर्श गर्दछन्ः उत्पत्ति २ मा भएकी हव्वा, एफिसी ५ मा भएकी पत्नी, प्रकाश १२ मा भएकी स्त्री, र प्रकाश २१ र २२ मा भएकी दुलही । प्रत्येक घटनामा, उनले परमेश्वरको अनन्त उद्देश्य परिपूर्ण गर्नको लागि हुने मण्डलीको उच्च बोलावटलाई प्रस्तुत गर्दछन् । हालै पत्ता लगाइएका हस्तलिखित नोटहरूले
महिमामय मण्डलीको यो नयाँ र ताजा अनुवादलाई सम्पूरण गर्दछन्, जुनले यसलाई १९३९ को शरद् ऋतुदेखि १९४२ को शरद् ऋतुसम्म वाचमेन नीद्वारा दिइएका सन्देशहरूको सर्वाधिक पूर्ण अभिलेख बनाउँदछ ।
पीडीएफ डाउनलोड गर्नुहोस्
कृपया यो पुस्तकको डाउनलोड समर्थ तुल्याउनको लागि वितरण नीतिमा सहमत हुनुहोस् ।