LIVING STREAM MINISTRY

बृहत् वितरणका निम्ति प्रकाशनहरू

पूर्वावलोकन गर्नुहोस् र पुस्तक फाइलहरू डाउनलोड गर्नुहोस्

यो श्रेणीहरूमा भएका पुस्तकहरू तल सूचिकृत छन् र आधारभूतदेखि मध्यस्त हुँदै उन्नत विषयहरूसम्मै मिलाइएका छन् । यदि तपाईंलाई पुस्तकहरू डाउनलोड गर्नमा सहायता चाहिएमा हाम्रो सहायता पृष्ठमा जानुहोस् । कृपया तपाईंका पुस्तकहरू डाउनलोड समर्थ पार्न तलका वितरण नीतिसँग सहमत हुनुहोस् ।

यो साइटका फाइलहरू वितरण गराइको निम्ति हाम्रो नीति

लिभिङ स्ट्रिम मिनिष्ट्री यी सात पुस्तकहरूको इलेक्ट्रनिक भाषान्तरण निःशुल्क उपलब्ध गराउन खुशी छ । हामी आशा गर्छौं धेरैले पूरै यी सबै पुस्तकहरूलाई पढ्नेछन् र यी पुस्तकहरू अरूहरूलाई सिफारिस गर्न स्वतन्त्र अनुभूति गर्नेछन् । हामी यी फाइलहरूका छपाइहरू असल क्रमको खातिर तपाईंको आफ्नो व्यक्तिगत प्रयोगसँग सीमित हुनुहोस् भनी विन्ती गर्दछौं । कृपया यी फाइलहरूलाई कुनै पनि रूपमा कतै पुनः पोष्ट नगर्नुहोस् । तपाईंले योबाहेक प्रतिलिपिहरू नक्कल गर्न चाहेमा, कृपया चिताएको प्रयोगको विस्तृत लिखित वर्णन र अनुमतिको निम्ति आग्रह [email protected] मा पठाउनुहोस् । हामी यो पनि आग्रह गर्छौं कि सबै कपिराइट सूचनाहरूलाई प्रयोजनीय कानूनअनुसार सम्मान गरिनेछन् । यी पीडीएफ फाइलहरू कुनै अरू प्रयोगको निम्ति कुनै पनि तरीकामा रूपान्तरित गरिनु वा अलग्याउनुहुँदैन ।

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एक
ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एक
by Witness Lee and Watchman Nee
पछाडिको आवरणबाटः ख्रीष्टियान जीवन विशेषता र अर्थले भरिपूर्ण छ, तैपनि धेरै मानिसहरूले परमेश्वरको वचन, बाइबलमा प्रस्तुत गरिएझैं जीवनका आधारभूत तत्वहरूलाई बुझ्दैनन् । वाचमेन नी र विटनेस लीद्वारा लेखिएका ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग एकमा, ख्रीष्टियान जीवनलाई प्रस्तुत गरिएको र व्याख्या गरिएको छ । मुक्तिबारे परमेश्वरको योजनालाई मानव जीवनको रहस्यबारेको अध्याय एकमा प्रस्तुत गरिएको छ । त्यसपछिका अध्यायहरूले कुनै ख्रीष्टियानको निम्ति धेरै आधारभूत अनुभवहरूको विस्तृत विवरण दिन्छन् । अन्तिम अध्यायले कुनै विश्वासीको ख्रीष्टियान जीवनको लागि आखिरी चाबी—मानव आत्मामा हुने ख्रीष्टको अनुभव—प्रस्तुत गर्दछ । परमेश्वरलाई खोजी गर्नेहरूका निम्ति र ख्रीष्टमा बढ्न चाहना गर्ने विश्वासीहरूका निम्ति, यी सन्देशहरूले प्रचुर र अर्थपूर्ण ख्रीष्टियान जीवनको लागि पक्का जग बसाल्नेछन् ।

पीडीएफ डाउनलोड गर्नुहोस् कृपया यो पुस्तकको डाउनलोड समर्थ तुल्याउनको लागि वितरण नीतिमा सहमत हुनुहोस् ।

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई
ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुई
by Watchman Nee and Witness Lee
पछाडिको आवरणबाटः ख्रीष्टियान जीवनको केन्द्रीय बुँदा ख्रीष्ट स्वयमलाई नै जान्नु हो । यसको लागि हामीले दिनदिनै जीवित तरीकामा उहाँलाई सम्पर्क गर्न र अनुभव गर्न आवश्यक हुन्छ । यो अनुभवले उचित आत्मिक खाना, नियमित आत्मिक आराधना, र गहिरो आत्मिक बढाइलगायत, केही आधारभूत कुराहरूलाई संलग्न गर्दछ । वाचमेन नी र विटनेस लीद्वारा लेखिएका, ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग दुईमा, स्वस्थ ख्रीष्टियान जीवनको लागि तीन आधारभूत तत्वहरूलाई प्रस्तुत गरिएका छन्ः प्रभुसित समय बिताउनु, सरल तरीकामा उहाँलाई सम्पर्क गर्नु, र उहाँमा गहिरो रूपले बढ्नु । यी सन्देशहरूले खोजी गर्ने ख्रीष्टियानहरूलाई परमेश्वरको वचनमा भएको प्रचुर पोषणभित्र, ख्रीष्टसितको क्षण-क्षणको सम्पर्कभित्र, र परमेश्वरको गहिरो, गुप्त अनुभवभित्र ल्याउनेछन् ।

पीडीएफ डाउनलोड गर्नुहोस् कृपया यो पुस्तकको डाउनलोड समर्थ तुल्याउनको लागि वितरण नीतिमा सहमत हुनुहोस् ।

सर्व-सम्मिलित ख्रीष्ट
सर्व-सम्मिलित ख्रीष्ट
by Witness Lee
पछाडिको आवरणबाटः पुरानो करारभरि भेट्टाइएका सबै प्ररूपहरू र तस्वीरहरूले हाम्रा मुक्तिदाता येशू ख्रीष्टको आश्चर्यजनक दृष्टिकोण प्रस्तुत गर्दछन् । सबभन्दा महत्वपूर्ण तैपनि बेवास्ता गरिएका प्ररूपहरूमध्ये एउटाचाहिँ असल भूमि हो । सर्व-सम्मिलित ख्रीष्टमा विटनेस लीले व्यवस्था-विवरणको पुस्तकका खण्डहरूलाई व्याख्या गर्छन्, जसले इस्राएलका सन्तानहरूद्वारा उत्तराधिकार गरिएको भूमि हाम्रो नयाँ करारको उत्तराधिकार हुनुहुने ख्रीष्टको पूर्ण प्ररूप हो भनी देखाउँदछ । उनले असल भूमिका केही खोज्न नसकिने प्रचुरताहरूको विस्तृत अध्ययन प्रस्तुत गर्दछन् । प्रत्येक प्ररूपलाई विश्वासीहरूझैं हाम्रो अनुभवको लागि व्याख्या गरिन्छ र लागू गरिन्छ । शुरूदेखि अन्तसम्मै सर्व-सम्मिलित ख्रीष्टले परमेश्वरका खोजिकर्ताहरूलाई परमेश्वरको अनन्त उद्देश्यको परिपूर्णताको निम्ति असल भूमि हुनुहुने ख्रीष्टलाई दिनहुँ अनुभव गर्न र रुचाउनलाई प्रोत्साहित गर्दछ ।

पीडीएफ डाउनलोड गर्नुहोस् कृपया यो पुस्तकको डाउनलोड समर्थ तुल्याउनको लागि वितरण नीतिमा सहमत हुनुहोस् ।

परमेश्वरको कार्यप्रणाली
परमेश्वरको कार्यप्रणाली
by Witness Lee
पछाडिको आवरणबाटः १९२७ मा वाचमेन नीले ख्रीष्टियान बढाइ र उन्नतिबारेको उनको आत्मिक उत्कृष्ट कृति, आत्मिक मानिसलाई प्रकाशित गरे । त्यस पुस्तकमा नीले तिनीहरूका आत्मिक जीवनमा उन्नति गर्न विश्वासीहरूको निम्ति केन्द्रीय र अत्यावश्यक प्रकाशझैं मानिस तीन भागहरू—आत्मा र प्राण र शरीर—ले रचना गरिन्छ भन्ने सरल बाइबलीय सत्यलाई प्रस्तुत गर्दछन् । परमेश्वरको कार्यप्रणालीमा नीको सबभन्दा नजिक र एकदमै भरोसायोग्य सहकर्मी, विटनेस लीले, बाइबलको केन्द्रीय प्रकाश—कि परमेश्वरले मण्डलीमा उहाँको पूर्ण अभिव्यक्तिको निम्ति उहाँ स्वयमलाई मानिसभित्र वितरण गर्न चाहनुहुन्छ—लाई खुल्ला पार्नको निम्ति यस जगमाथि निर्माण गर्छन् । परमेश्वरको कार्यप्रणालीमा लीले परमेश्वरीय त्रिएकताको चलाइलाई प्रकाश पार्दछन् र विश्वासीहरूलाई उहाँको अनन्त योजनाको पूर्णताको निम्ति उहाँसँग सहकार्य गर्ने व्यवहारिक मार्गहरू दिँदछन् ।

पीडीएफ डाउनलोड गर्नुहोस् कृपया यो पुस्तकको डाउनलोड समर्थ तुल्याउनको लागि वितरण नीतिमा सहमत हुनुहोस् ।

ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीन
ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीन
by Watchman Nee and Witness Lee
पछाडिको आवरणबाटः ख्रीष्टियान जीवनको लागि आधारभूत हुने ख्रीष्टका अझ बढ्ता अनुभवहरू छन् । विश्वासीहरूझैं, हामी केवल सही र गलतको सिद्धान्तभन्दा बढी, जीवनको झन् उच्च सिद्धान्तअनुसार जिउनुपर्छ । जब परमेश्वरको जीवन हामीमा परिचालन हुँदछ, जीवनको यो चम्काइले हामीलाई उचित जियाइभित्र ल्याउनेछ र हामीलाई परमेश्वरको सामूहिक अभिव्यक्ति, जुनचाहिँ मण्डली हो, भित्र अरू विश्वासीहरूसित निर्माण गर्नेछ । वाचमेन नी र विटनेस लीद्वारा लेखिएका, ख्रीष्टियान जीवनका आधारभूत तत्वहरू, भाग तीनमा, यी अनुभवहरूको विस्तृत विवरण दिन्छन् । यी सन्देशहरूले दुवै प्रभुमा तिनीहरूका व्यक्तिगत बढाइको निम्ति र मण्डलीको बढाइ र निर्माणको निम्ति सबै विश्वासीहरूभित्र आत्मिक खाना प्रदान गर्नेछन् ।

पीडीएफ डाउनलोड गर्नुहोस् कृपया यो पुस्तकको डाउनलोड समर्थ तुल्याउनको लागि वितरण नीतिमा सहमत हुनुहोस् ।

जीवनको ज्ञान
जीवनको ज्ञान
by Witness Lee
पछाडिको आवरणबाटः परमेश्वरको चाहना उहाँको स्वरूप धारण गर्ने, उहाँको महिमालाई प्रकट गर्ने, र उहाँको शत्रुलाई निराकरण गर्न उहाँको अधिकारलाई धारण गर्ने, मानिसमा पूर्ण, सामूहिक अभिव्यक्ति पाउनु हो । तैपनि, थोरै विश्वासीहरूले यो चाहनालाई परमेश्वरको आफ्नै जीवनद्वारा मात्र हासिल गरिन सकिन्छ भनी महसुस गर्छन् । अझ झन् थोरैले ख्रीष्टको मृत्यु र पुनरुत्थानमार्फत हामीलाई उपलब्ध तुल्याइएको परमेश्वरीय जीवनलाई जान्नु र अनुभव गर्नुको विषयलाई छोएका छन् । जीवनको ज्ञानमा विटनेस लीले पुनर्जन्मसित शुरू हुने र जीवनको भित्रिय चेतनालाई जान्नुसम्मै उन्नत हुने जीवनमा पुरयाउने पथलाई स्पष्ट पार्दछन् । जीवनको ज्ञानले ख्रीष्टको असली अनुभवको निम्ति जग र उनको सहयात्री पुस्तक जीवनको अनुभवको लागि उपयोगी परिचय प्रदान गर्दछ ।

पीडीएफ डाउनलोड गर्नुहोस् कृपया यो पुस्तकको डाउनलोड समर्थ तुल्याउनको लागि वितरण नीतिमा सहमत हुनुहोस् ।

महिमामय मण्डली
महिमामय मण्डली
by Watchman Nee
पछाडिको आवरणबाटः परमेश्वरले मण्डली, छुटकारा गरिएका विश्वासीहरूलाई स्वर्गीय परिप्रेक्षबाट हेर्नुहुन्छ । उनलाई पाप र पापहरूको शक्तिद्वारा पराजित गरिएझैं देख्नुभन्दा धेरै टाढा, परमेश्वरले मण्डलीलाई ख्रीष्टको महिमामय समकक्षीझैं हेर्नुहुन्छ । महिमामय मण्डलीमा वाचमेन नीले बाइबलमा भएका मण्डलीका चार महत्वपूर्ण प्रतिनिधिहरूको बारेमा विचारविमर्श गर्दछन्ः उत्पत्ति २ मा भएकी हव्वा, एफिसी ५ मा भएकी पत्नी, प्रकाश १२ मा भएकी स्त्री, र प्रकाश २१ र २२ मा भएकी दुलही । प्रत्येक घटनामा, उनले परमेश्वरको अनन्त उद्देश्य परिपूर्ण गर्नको लागि हुने मण्डलीको उच्च बोलावटलाई प्रस्तुत गर्दछन् । हालै पत्ता लगाइएका हस्तलिखित नोटहरूले महिमामय मण्डलीको यो नयाँ र ताजा अनुवादलाई सम्पूरण गर्दछन्, जुनले यसलाई १९३९ को शरद् ऋतुदेखि १९४२ को शरद् ऋतुसम्म वाचमेन नीद्वारा दिइएका सन्देशहरूको सर्वाधिक पूर्ण अभिलेख बनाउँदछ ।

पीडीएफ डाउनलोड गर्नुहोस् कृपया यो पुस्तकको डाउनलोड समर्थ तुल्याउनको लागि वितरण नीतिमा सहमत हुनुहोस् ।